दफा २७
सेवाप्रणालीसँग सम्बन्धित संरचनाको सुरक्षा
(१) आयोजना वा सेवा प्रणालीको सुरक्षाको लागि अनुमतिपत्र प्राप्त संस्थाको लिखित अनुरोधमा वा त्यस्तो प्रणालीको सुरक्षा गर्न आवश्यक भएमा नेपाल सरकार, “प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक सुरक्षा व्यवस्था गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाको अनुरोधमा सुरक्षा व्यवस्था गरिएकोमा त्यसको लागि लाग्ने सम्पूर्ण खर्च सोही अनुमतिपत्र प्राप्त संस्थाले व्यहोर्नु पर्नेछ।